• २०८३ मंसिर ११, बिहीबार

दिपा मेवाहाङको ’आउँछन् होला’ गीत सार्वजनिक

काठमाडौँ ।

कवि तथा गीतकार दिपा मेवाहाङको गीत ’आउँछन् होला’ सार्वजनिक भएको छ ।
दिपा मेवाहाङ राई अफिसियल युट्युब च्यानलमा सार्वजनिक गीतमा मेलिना राईको स्वर सुन्न सकिन्छ । माया प्रेमको भावलाई समेटिएको गीतको म्युजिक भिडियोमा अनुषा राई, डिजे मेवाहाङ र रिदिमा राईको अभिनय रहेको छ । सुम्निमा फिल्मस्को पोस्ट प्रोडक्सनमा तयार भएको यो गीतको भिडियोलाई संजीव राईले निर्माण गरेका हुन् ।

‎रोजगारीको सिलसिलामा कोरियामा रहेकी दिपा मेवाहाङको कवितासंग्रह ’यादको सन्दुक’ प्रकाशित छ भने दर्जनौं गीतहरू रेकर्ड भएका छन् ।