समाचार

साहित्यकार मोहनबहादुर कायस्थको लघुकथासंग्रह ‘ज्यू हजुर’ प्रकाशित भएको छ । नेपालभाषामा प्रकाशित उहाँको यो कृति चौथो हो । यसअघि उहाँका स्वनिगलं पिने बन्दीपुर, ताय्मरु बाखं र ख्वपनिसें बन्दीपुरतक प्रकाशित छन् । उहाँले नेपालीमा यशस्वी देवकोटा, सत्यमोहन जोशीस् व्यक्ति एक अभिव्यक्ति अनेक, बन्दीपुरका कवि लेखक साहित्यकार र सम्झनामा भानु जस्ता कृतिहरू सम्पादन गर्नुभएको छ ।
पुस्तकबारे बोल्दै स्रष्टा कायस्थले २०६२ सालदेखि आफूले साना ठूला कथाहरू लेख्दै आए पनि पछि मात्र लघुकथाहरूमा केन्द्रित भएको बताउनुभयो । ‘ज्यू हजुर’मा समसामयिक विषयका विविध भोगाइ, राजनीतिक विकृतिले कर्मचारीतन्त्रमा ल्याएको अराजकता, पारिवारिक जीवनका समस्या, शहर र गाउँमा हुने भिन्नता जस्ता सन्दर्भहरुमाथि लेखिएका छयानब्बे वटा लघुकथा छन् । पुस्तक कुतः पिकाकले प्रकाशित गरेको हो ।