अनुभूति
काठमाडौं ।
साहित्यिक संस्था कल्पतरु प्रज्ञा प्रतिष्ठानले यस वर्षको ‘कल्पतरु–महाकवि देवकोटा प्रज्ञा पुरस्कार’ साहित्यकार÷शिक्षासेवी महादेव अवस्थीलाई प्रदान गर्ने भएको छ ।
प्रतिष्ठानले २०८२/८३ मा कल्पतरु द्वैमासिक पत्रिकामा प्रकाशित सर्वोत्कृष्ट सिर्जनाका सर्जकलाई प्रदान गरिने ‘कल्पतरु सर्वोत्कृष्ट पुरस्कार’ साहित्यकार बाजुराम पौडेललाई प्रदान गर्ने भएको छ । त्यस्तै प्रतिष्ठानले साहित्यकारहरू खेमराज पोखरेल (टेक्सास, अमेरिका), सीता पाण्डे र लर्डसलाइट एकेडेमीका छात्र युगलनारायण पन्तलाई सम्मानित गर्ने जनाएको छ ।
त्यसै गरी कल्पतरु पत्रिकामा कृति समीक्षा गर्ने समीक्षकहरू शशीश्री आचार्य, कालिकाप्रसाद तिमिल्सिना, बुद्धिराज पाण्डे, शरद परासर मरहट्टा, मेनुका पोखरेल, हरिभक्त सिग्देल, दीलिप अर्याल, बिसुकुमार के.सी. र शारदा देवकोटालाई पनि सम्मानित गर्ने प्रतिष्ठानका अध्यक्ष नवराज पुडासैनी ज्योत्सनाले जानकारी दिए ।
