वरिष्ठ कथाकार विश्वम्भर चञ्चलको हिजो निधन भएको दुःखद खबर छ । उहाँ धेरै अघिदेखि रक्तचाप र मधुमेहद्वारा ग्रसित हुनुहुन्थ्यो र मधुमेहकै कारण उहाँको आँखाको दृश्य धमिलो हुँदै जाने MACULAR नामको रोग पनि लागेको थियो ।
’अतृप्ति’, ’विश्वम्भर चञ्चलका कथाहरू’, ’जीवन वृत्त’, ’युद्ध भडकिरहेछ’ आदि कथा सङ्ग्रहका रचयिता ८३ वर्षीय चञ्चलका केही महिनाअघि मात्र “बाँचेको युग मरेका मान्छे“ (अनुभव र अनुभूति) र इन्मेरिका (नियात्रा सङ्ग्रह) प्रकाशित भएको थियो ।
श्रीमती, एक छोरा र छोरी भएका चञ्चल गएको दशैँ छोरीज्वाईंसँग मनाएर अष्ट्रेलियाको सिड्नीबाट केही हफ्ताअघि मात्र नेपाल फर्कनु भएको थियो ।
उहाँको आज बिहान नै दाहसंस्कार गरिसकिएको कुरा जानकारीमा आएको छ ।