समाचार
विरगंज ।
नारायणी वाङ्मय प्रतिष्ठानको वीरगंजमा भएको वार्षिक साधारण सभाले नयाँ नेतृत्व चयन गर्दै महेशचन्द्र गौतमलाई सर्वसम्मतले अध्यक्षमा चयन गरेको छ । प्रतिष्ठानका अध्यक्ष डा. विश्वम्भरकुमार शर्माको सभापतित्वमा होटल पशुपतिमा भएको साधारणसभाले उपाध्यक्षमा कविता खड्का, सचिवमा सुरेश बिडारी र कोषाध्यक्षमा अजमत अलि अन्सारीलाई पनि सर्वसम्मत चयन गरेको हो ।
प्रतिष्ठानको कार्य समितिमा गीता भण्डारी, सूर्य शुभचिन्तक, रेणु गुप्ता, देवी सापकोटा, नवराज रिजाल, किशुनदयाल श्रीकृष्ण र देवराज खरेललाई सदस्यको रूपमा चयन गरेको छ । कार्य समिति सदस्यमा सर्लाही र चितवनबाट पनि थप गरिने जनाइएको छ ।
कार्यक्रममा प्रतिष्ठानका संस्थापक जगदीशप्रसाद शर्मा, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतम, साहित्यकार तथा उद्योगपति गणेशप्रसाद लाठ, नेपाल पत्रकार महासंघको केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने, महासंघका मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा, पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनाललगायतले मन्तव्य व्यक्त गर्दै प्रतिष्ठानलाई अझ क्रियाशील बनाउनुपर्ने सुझाव दिएका छन् ।
कार्यभार ग्रहण गर्दै अध्यक्ष गौतमले प्रतिष्ठानको गतिविधिलाई थप सुदृढ र प्रभावकारी बनाउँदै नवसर्जकमाझ पनि निरन्तर पुग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
