कविता
काठमाडौं ।
चन्द्रागिरि साहित्य सरोवर (चसास)को ५६औँ शृङ्खला डा. मधुसुदन गिरीको प्रमुख आतिथ्यमा मुनाल क्लबमा सम्पन्न भएको छ । राष्ट्रिय गीतबाट सुरु भएको कार्यक्रममा भोटेकोशीको बाढीमा ज्यान गुमाउनेहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो । युवा कवि मोतीराम भट्टको १६१औँ जन्मजयन्तीसमेत मनाइएको कार्यक्रममा उनको तस्बिरमा माल्यार्पण गर्दै उनका चर्चित गजल वाचन गरिएको थियो ।
कार्यक्रममा २२ जना स्रष्टाको उपस्थिति रहेको थियो भने १७ जना स्रष्टाले आफ्ना रचना वाचन गरेका थिए। रचना वाचन गर्नेमा नवराज भट्ट, गजलकार सुदन लुइटेल, विन्ध्या नेउपाने, हरिनारायण सुवेदी, हरिशरण आचार्य, मोहनहरि आचार्य, घनश्याम भण्डारी, उत्तमबहादुर राउत, तेजप्रकाश श्रेष्ठ, प्रकाश ज्ञवाली, भक्तबहादुर नेपाली, लक्ष्मणप्रसाद वश्याल, राजु महत, मालता बेलवासे, गोपीचन्द्र कार्की, छात्रा सफल पौडेल र सौगात पौडेल रहेका थिए ।
कार्यक्रममा वरिष्ठ साहित्यकार तेजप्रकाश श्रेष्ठ र प्रा. घनश्याम भण्डारी विशेष अतिथिका रूपमा सहभागी थिए। त्यस्तै वडाध्यक्ष तथा शैक्षिक विकास कोषका अध्यक्ष मोहनहरि आचार्य, उज्यालो सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष कर्ण भुवाजी र पूर्ववडाध्यक्ष उत्तम राउत अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रमको सभापतित्व चसासका संयोजक गोपीचन्द्र कार्कीले गरेका थिए भने सञ्चालन कौशल्या चालिसे लुइटेलले गरेकी थिइन् ।
