• २०८३ भाद्र २३, मंगलवार

निसा सुनारको गीत ‘झ्याप छौ कि साइँलो दाइ’ सार्वजनिक

काठमाडौं ।

गायिका तथा सर्जक निसा सुनारको नयाँ गीत ‘झ्याप छौ कि साइँलो दाइ’ सार्वजनिक भएको छ । निसा सुनारको प्रस्तुतिमा रहेको गीतमा खेम सेन्चुरी र निसा सुनारको स्वर रहेको छ । गीतमा खेम सेन्चुरीकै संगीत तथा थेगो रहेको छ भने रमेश बीजीको शब्द रहेको छ। एरेन्ज तथा म्युजिक मास्टर एचबीएन किस्मतले गरेका छन् । गीतलाई टिडीबी एचडीमार्फत रेकर्ड गरिएको हो भने रेकर्डिस्ट कुमार विश्वकर्मा रहेका छन् ।

गीतको भिडियोमा उषा उप्रेती र नाजिर हुसेनको आकर्षक अभिनय देख्न सकिन्छ। सुनील बीकेको निर्देशनमा तयार भएको भिडियोमा लक्ष्मण पाण्डेको छायांकन तथा प्रविन भट्टको सम्पादन रहेको छ । भिडियो निर्माणमा ज्योति केसी, दिपेन गौतम, अनिल के. मानन्धर, हरि अधिकारी, रोशन विश्वकर्मा लगायतका कलाकार तथा प्राविधिक टोलीको योगदान रहेको छ ।

मौलिक लोकसंगीतको स्वाद र मनोरञ्जनात्मक प्रस्तुति समेटिएको ‘झ्याप छौ कि साइँलो दाइ’ सार्वजनिक भएसँगै गीतले दर्शक–स्रोताको ध्यान खिच्न थालेको छ। निसा सुनारले यस गीतमार्फत आफ्नो सांगीतिक यात्रालाई थप अगाडि बढाएकी छन् ।