कविता

२०८१ असार १५, काठमाडौं ।
साहित्यिक पत्रकार संघ (Literary Journalist Association)ले आज राष्ट्रिय धान दिवस एवं दहीचिउरा खाने दिनको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरयो । तमू बौद्द सेवा समिति नेपालको सभा हल, अनामनगर, काठमाडौंमा आयोजना गरिएको सो कार्यक्रममा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, वरिष्ठ इतिहासविद् प्रा. डा. सुरेन्द्र के. सी., साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
सोही कार्यक्रममा चर्चित सङ्गीतकार एवं गायकहरु गणेश पराजुली र नरहरी प्रेमीले विभिन्न चर्चित गीतहरु गाउनु भएको थियो । कार्यक्रममा समाजसेवी एवं गीतकार शोभित उप्रेती, पूर्व सचिव खेमराज नेपाल, साहित्यकारहरु प्रा. डा. गोविन्दमान सिंह कार्की, विमल भौकाजी, ठाकुर बेलवासे, डी. आर. राई, डा. शान्तिमाया गिरी, मन्जिला अनिल, डा. बुनु दाहाल, गोपीकृष्ण प्रसाईं, मुरारी सिग्देल, रमेश दहाल, रुद्र अधिकारी, द्वारिका, कृष्ण के. सी. ढुंगानालगायत रमेश खरेल, नवीन श्रेष्ठ, मनिषा श्रेष्ठ, शान्त प्रधान, ध्रुब के.सी. दुईसयको उपस्थिति रहेको थियो ।