समाचार
काठमाडौँ ।
चलचित्र ‘पावर्ती’ को गीत ‘मेरी दिदी’ सार्वजनिक भएको छ । सोमबार एक कार्यक्रमबीच उक्त गीत सार्वजनिक भएको हो । दिदी–भाइको पवित्र पर्व मानिने रक्षाबन्धनको दिनलाई केन्द्रमा राखेर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘पार्वती’ मा माया र एकअर्काप्रति सद्भावलाई देखाएको छ । अटिजम भएकी नीता ढुंगानाले अशोक दर्जीको दिदीको भूमिका निर्वाह गरेकी छन् ।
सार्वजनिक गीतमा बाबुल गिरीको शब्द, संगीत रहेको छ । गीतमा चलचित्रकै अभिनेता अशोक दर्जीले स्वर दिएका छन् । गीतमा मुख्य कलाकार नीता ढुङ्गाना र अशोक दर्जीले अभिनय छ। कारुणिक भाव व्यक्त गरिएको यो गीतले दिदी भाइको माया पोखिएको छ ।
अभिनेत्री समेत रहेकी नीता ढुङ्गानाकै निर्देशनमा चलचित्र बनेको छ । चलचित्रको मुख्य भूमिकामा निर्देशक ढुङ्गाना र अशोक दर्जी रहेका छन् । नीता र अशोकसहित दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल, दिप्त प्रकाश अधिकारी लगायतको अभिनय रहेको छ । चलचित्र भने भदौ १२ गतेदेखि प्रदर्शनको तयारीमा छ ।
