कविता
झापा ।
प्रगतिशील लेखक सङ्घ, झापाको आयोजना तथा ओली वंश समन्वय समिति, झापाको सहआयोजनामा प्रसिद्ध साहित्यकार सरोज ओलीको ८६ औं जन्मजयन्ती पारेर ‘सरोज ओली स्मृतिग्रन्थ’ लोकार्पण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रम प्रलेस, झापाका अध्यक्ष लीलाप्रसाद अधिकारीको अध्यक्षता, प्रलेस केन्द्रीय अध्यक्ष डा.देवी क्षेत्री दुलालको प्रमुख आतिथ्य तथा सरोज ओलीकी जीवनसाथी गुरुआमा निर्मला ओली, पूर्वराजदुत डा.कृष्णप्रसाद ओली, पूर्वमन्त्री खगेन्द्र प्रसाईं, वरिष्ठ अधिवक्ता लीला उदासी, ओली वंश समन्वय समिति, झापा अध्यक्ष उमा ओली, रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठान अध्यक्ष गङ्गाप्रसाद ओली, प्राज्ञ मुनाराज शेर्मा, विर्तामोड नगर उपप्रमुख नगेन्द्र सङ्ग्रौला, डा.गोपीकृष्ण खतिवडालाई विशिष्ट अतिथिको रूपमा मञ्चासिन गराएर सुरुभएको कार्यक्रमको सन्चालन देवीचरण भण्डारीले तथा स्वागत कमल गुरागाईंले गर्नुभएको थियो ।
प्रमुख अतिथि तथा मञ्चासिन व्यक्तित्वहरुबाट सामुहिक रूपमा लोकार्पण भएको “सरोज ओली स्मृतिग्रन्थ”को समालोचनात्मक खण्डको चिरफार गरेर डा.गोपीकृष्ण खतिवडाले तथा संस्मरणात्मक खण्डको लीला उदासीले राम्रोसँग चिरफार गरेर परिचर्चा गर्नुभएको थियो । कार्यक्रमको सुरुमै श्रद्धेय सरोज ओलीको वृत्तचित्र पर्दामा प्रस्तुत गरिएको थियो । सरोज ओलीकी नातिनी नियति ओली, उमानाथ ओली, पूर्वराजदूत डा.कृष्णप्रसाद ओली, आख्यानकार पुण्यप्रसाद खरेल तथा प्रमुख अतिथि डा.देवी क्षेत्री दुलालले मन्तव्य राख्नुभएको कार्यक्रममा सरोज ओलीका जेठा सुपुत्र निरज ओलीले धन्यवाद ज्ञापन गर्नुभयो भने अध्यक्ष लीलाप्रसाद अधिकारीले स्मृतिग्रन्थ तयारीदेखि आजको कार्यक्रम सफल पार्दा सम्म सहयोग पु¥याउने सबैप्रति कृतज्ञता प्रकट गर्ने छोटो भनाइ राख्तै कार्यक्रम समापन गर्नुभयो ।
कार्यक्रममा उपर्युक्त व्यक्तित्वहरुका अतिरिक्त प्रा.डा. गङ्गाप्रसाद अधिकारी, चूडामणि वशिष्ठ, शिवकुमार पौडेल, केशव आचार्य, विरही अधिकारी, मोहन ओली, होम सुवेदी, तारा विविध, देवीभक्त श्रेष्ठ, तिला लेकाली (मोरङ), भगवती ढुङ्गेल, कल्पना ओली, राजेन्द्र सङ्ग्रौला, मिना अधिकारी, डा.खगेन्द्र दाहाल, डा.पुण्यप्रसाद सिग्देल, भगवती दाहाल, खगिन्द्रा खुसी, उमेश ओली, परशुराम तिमसिना, लक्ष्मी अच्युत ढुङ्गाना सहभागी हुनुहुन्थ्यो ।
त्यसैगरी निरुद्र ओली गोपालप्रसाद सङ्ग्रौला, कृष्ण पौडेल, हरिप्रसाद नेउपाने, डिपि शर्मा, तुलसी निरौला, निर्मला दङ्गाल, कृष्ण हुमागाईं, गणेश पोखरेल, विजय बराल, राजकुमार ओली, गोपीकृष्ण प्रसाईं, डिल्लीराज नेपाल, मेघनाथ बन्धु, तुलसीप्रसाद भट्टराई, दुर्गाप्रसाद सिग्देल, राम रोका, शान्ता रोका, नवराज घिमिरे सरोज ओलीका छोराहरु, बुहारीहरु, भाइ–भतिजाहरु, छरछिमेकी लगायत डेढसयजतिको उपस्थिति रहेको कार्यक्रम भव्य रहेको थियो ।लगायत दर्जनौ साहित्यानुरागीहरूको समुपस्थिति रहेको थियो ।
