धृतराष्ट्र !
विचार र मनका अन्धा थिए
तर गान्धारीले आँखामा पट्टी बाधिन् !
त्यो युग त्यस्तै थियो ।
पतिव्रता
विवश !
दमित !
अवहेलित !
नगरवधु
राज्य संयन्त्रमा हर्ताकर्ता !
सम्मानित !
आदरणीय !
र आज
युग दोहरिँदै त छैन ?
त्यो युग…
विचार थियो
सम्मोहन थियो
लक्ष्य थियो
दिग्दर्शन थियो
र कृष्ण थिए
जुवा थियो
जुवाडे थिए
र श्री थापिन्थ्यो
सम्पत्ति थापिन्थ्यो
अर्धाङ्गिनी थापिन्थ्यो
र, आज
जुवाको खाल उही हो
जुवाडे उस्तै हुन्
नगरवधु उस्तै हुन्
धृतराष्ट्र उस्तै हुन्
गान्धारी उस्तै हुन्
फरक बस यति छ कि,
कृष्णको रूप फेरिएको छ
छिमेकमा रूपान्तरण भएका छन् नाट्यगुरु
अब सम्पत्ति हैन
जुवाको खालमा
देश थापिन्छ !
(चाबहिल, काठमाडौँ निवासी कात्यायन चर्चित साहित्यकार हुन् ।)
[email protected]