अमेरिकी कविता
काठमाडौं ।
नेपाल स्रष्टा समाजले वि.सं. २०८३ सालको ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’ साहित्यकार माया ठकुरीलाई र ‘योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान’ साहित्यकार समालोचक निनु चापागाईंलाई प्रदान गर्ने घोषणा गरेको छ ।
नेपाली इतिहासकी एक अत्यन्तै साहसी, विद्रोही र क्रान्तिकारी महिला योगमायाको नाममा ती स्थापित सम्मान हरेक वर्ष प्रदान गरिँदै आइएको छ । समाजले दुवै सम्मानका साथ जनही नगद राशी ५० हजार १११ रुपैयाँ प्रदान गर्ने पनि जानकारी गराएको छ ।
स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’का अनुसार वि.सं. २०६५ सालदेखि योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान प्रदान गर्दै आइएको हो । यस सम्मानका संस्थापक समाजका संरक्षक पवन आलोक हुन् । त्यस्तै योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान राजेश न्यौपानेलगायतले स्थापना गरेका हुन् ।
