• २०८३ बैशाख २३, बुधबार

रजस्थल युवा प्रतिभा सम्मान, २०८३’ कथाकार वियोगीलाई अर्पण

काठमाडौं ।

नेपाली साहित्य र पत्रकारिताका क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै पत्रकार तथा कथाकार लक्ष्मण वियोगीलाई ‘रजस्थल युवा प्रतिभा सम्मान, २०८३’ प्रदान गरिएको छ । स्याङ्जा साहित्य प्रतिष्ठानले प्रजातन्त्र सेनानी शिवकुमार अधिकारीका नाममा उक्त सम्मान स्थापना गरेको हो ।

स्याङ्जाको वालिङ नगरपालिका–३ (साबिक माझकोट शिवालय गाविस)का वियोगीको ‘सत्यम्’ कथासंग्रह गत वर्ष प्रकाशन भएको थियो ।स्याङ्जा साहित्य प्रतिष्ठानले ०५२ सालदेखि ‘रजस्थल’ साहित्यिक पत्रिका नियमित रूपमा प्रकाशन गर्दै आएको छ । कथाकार वियोगीले ‘रजस्थल’को श्रीवृद्धिमा पु¥याएको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको जनाइएको छ ।

स्याङ्जामा आयोजित सम्मान कार्यक्रममा साहित्यकार सरुभक्त, प्रतिष्ठानका अध्यक्ष बुद्धिबहादुर राना, सुवोधकुमार अधिकारीलगायत व्यक्तिहरूले आफ्नो धारणा राखेका थिए ।