समाचार

काठमाडौं–
साहित्यिक संस्था राइटर्स कर्नर नेपालले विश्व कविता दिवसको पारेर कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौँको मध्यबानेश्वरस्थित ‘ब्राभो क्याफे’मा आयोजना भएको उक्त कार्यक्रममा करिब २५ जना स्वछन्द कविहरूले कविता वाचन गरेका थिए ।
शब्दको जादुमय उत्सव आयोजनालाई कविहरूको सीप र साहित्यप्रतिको उच्च लगावले साँझलाई उत्कृष्ट बनाएको र काव्यात्मक घटकले मानव अन्तहृदय गहिरो समझ सिर्जनामा सघाएको संस्थाका अध्यक्ष सुवाससिंह पराजुलीले बताएका छन् ।
कार्यक्रममा राधिका रञ्जना, सुमन वर्षा घिमिरे, भोजकुमार धमला, सरोज ओझा, रुपसिंह भण्डारीलगायत २५ जना कविहरूको सहभागिता थियो ।