काठमाडौं ।
ज्योति साहित्य प्रतिष्ठानले आफ्नो १७औं वार्षिकोत्सवको अवसर पारेर पाँच जना स्रस्टालाई सम्मानित गरेको छ । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रतिष्ठानले साहित्यकारहरू घनश्याम राजकर्णिकार, प्रा. डा. भरतकुमार भट्टराई र श्रीओम श्रेष्ठ रोदनलाई ‘ज्योति साहित्य सम्मान’ र जलेश्वरी श्रेष्ठ र सन्ध्या पहाडीलाई ‘ज्योति स्रस्टा सम्मान’ प्रदान गर्यो ।
कार्यक्रममा कवि तुलसी दिवसले यस्ता सम्मानले सर्जकहरूमा थप सिर्जनशील हुन उर्जा थपिने बताए । सोही अवसरमा आयोजिक कविता गोष्ठीमा कविहरू शैलेन्द्र साकार, बुद्धिमान महर्जन, नीरा श्रेष्ठ, कुमार नेपाल, रुबिना राना मगर, जुमन किरण र सुधा मिश्रले कविता वाचन गरेका थिए ।