समाचार
काठमाडौँ ।
लोकगायक डिल्ली पौडेलको नयाँ लोकगीत ‘हेरीनौ फर्केर’ सार्वजनिक भएको छ । नयाँ गीतमा डिल्ली पौडेल र सुनिल केसीको प्रस्तुति छ । गीतको शब्द तथा लय स्वयं पौडेलकै छ भने स्वरमा डिल्ली पौडेल, रीना केसी र सुनिल केसीले साथ दिएका छन् । गाउँघरको परिवेश, मौलिक लोकभाका र नेपाली संस्कृतिलाई गीतमार्फत उजागर गर्दै आएका पौडेलका यसअघि ‘पिपलुको पात’, ‘छ छैन मायाले बाटो चिनेको’, ‘बोडी र तरुल’, ‘केतुकी’ लगायतका गीतहरू पनि चर्चामा आएका छन् ।
लोकदोहोरी गीत प्रतिष्ठान बागलुङका जिल्ला सदस्यसमेत रहेका पौडेलको नयाँ गीतले लोकसंगीतप्रेमीको राम्रो साथ पाउने अपेक्षा गरिएको छ । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरास्थित शान्तिदीप बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुखसमेत रहेका पौडेल शिक्षण पेशासँगै लोकसंगीत क्षेत्रमा पनि सक्रिय छन् । पौडेलको गीत गीत डिजिटल स्टार युट्युब च्यानलमार्फत बजारमा आएको हो ।
