नेपाली साहित्य

मन, प्रेम प्यारको दुनियाँ छोडी
अश्रु, निवेदन आज बिर्सी तँ !
युगयुगदेखि मानवलाई आफ्नो डरको प्यार दिएर
एक एक नरमा तैले कोमलताको झंकार दिएर,
प्रेम स्नेहको सट्टा
“पौरष,” ‘साहस पाउनाको तेरो अभिलाष,
मिथ्या पार्यो नरले स
‘भय‘ कातरता नै आए नरसाथ !
अनि, नारी १ तैंले पाई नर–भय–जन्य
‘दम्भ‘को दुनियाँ,
‘शिशु‘ ‘साथी‘ अनी ‘संरक्षक‘ बन्दै,
क्रमशः छलले,
‘शासक कठोर‘ भई ‘कारा‘ पार्यो
तेरै निम्ति दुनियाँ ।
तेरो प्रयोग नै विकृत गर्यो नरले,
नारी !
तैपनि तैं नर निर्मात्री स
कता जान्छ नर मूढ,
नारीको शिशु,
सृजनुको एकमात्र तैं पापी !
के तेरो गति रुद्ध ?
पासमा तेरो सीमाहीन हृदय
जगत विधायक आशीर्वादक होइन र तेरै धवल प्रणय
आँखाका अनुराग नाघ्न सक्तछ
‘सृष्टिको कौशल ?”
मनको मङ्गलदुर्ग विजित होला
कायरताको बल ?
छोड्नु पर्छ नारी तँलाई,
बन्नु काँचको मृदुलपात्र
इच्छा लाग्दैमा भदाक्रान्त औ दीन पुरुषले
अहम् हेतु तोडोस् फोडोस्
स्वर्णसुरा झैं छचल्किदै, मद–रुप छोड, !
तँ कसरी यहाँ प्रेयसीमात्र ?
इच्छा लाग्दैमा कायरताले क्लान्त पुरुषले
पान गरोस् मदमत्त बनोस् !
हीरा झैं धपधप दीप्तमयी औ वन कठोर
धन–लौहले पनि टक्कर खाइ,
आफ्नै टाउको फोडोस् !
शक्तिपुञ्ज विद्युतझैं बग्नु छ आज,
र नरले,
तेरै प्रकाशमा ‘शौर्य‘ र ‘शुचिता‘ हेरोस् !
लहराहरु झैं फैली
गर त आप्त,
मनुजको घातक पातक
ज्योत्स्नाझैं पावनताको गरि कन प्रसार,
गर धवलधौत
मानवताको कालो कल्मष ।
गर ‘साहस‘ को वरदान,
आत्म-विश्वासी हो ओस्मानव,
अक्षय पौरष गर दान,
स्वयंमा निर्भर होवोस्मानव
अनि हेर,
स्व-साहसमा निर्भर नर नै छ-
तेरो साथी !
अनि पाऊ
धोई पखालेको
पौरुष–प्राप्त मनुज नै छ
तेरा
असन्दिग्ध विश्वासी ।
जयनाद गरी भन,
मेरो नारीको मन
“तेरो छुटोस आज“संरक्षण“
नव लिई चेतना हिंड,
चुँडाली आज
नारी कै निमित्त नरको
‘शासन !‘
नाम प्रेम, प्यारको जुनियाँ छोडी,
आज बगाऊ,
नवचेतनाको उन्मुक्त धार,
लय आव्हान, कर्तव्य नयाँ, नवयुगले
चाहन्छन्खोल्न,
रुढिले बन्दद्वार !
यी दिशाहरु हाँस्तछन्,
हाँस्तछन् रश्मि, नवोदित रवि, शशी, तारा
बिर्खी, नारी, अश्रु निवेदन
प्रेम, धारको दुनिया छोडी,
नयाँ ध्येय, नव प्रेम, गएको
आज बगाऊस
नारीको मन
नूतन धारा ।
प्रेम राजेश्वरी
नोट (पं. बदरीनाथद्वारा सम्पादित पुस्तक पद्यसङ्ग्रहबाट भाषाका तत्कालिन मान्यतालाई यथावत राखी जस्ताको तस्तै टङ्कण गरी सारिएको)