समाचार

यो देश मेरा लागि
केवल एक भूभाग होइन झरनाको मीठो पानी
या,
सगरमाथाको बिहानी
मात्र हैन ।
मेरो देश
तस्करहरूको आजादी भ्रष्टताको आवादी
अनि,
राजनीतिको बर्वादी
मात्र पनि हैन ।
मेरो देश,
मेरा लागि त यस्तो भाव हो
जुन मेरो नसा–नसामा बग्छ
त्यो आवाज हो,
जुन हरपल मलाई् भन्छ,
म तिमीभित्रै बसेको छु
तिम्रो आत्माभित्र बस्छु ।
म त यही भावलाई
प्रणाम गर्छु,
म मेरो देशलाई
सम्मान गर्छु
यही मेरो देश हो
यही मेरो ज्ञान हो
यही मेरो पहिचान हो ।
साभार: मेघा (कवितासङ्ग्रह)
[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)