• २०८१ फागुन ६ मङ्गलबार

याद

वार्सन शियर

वार्सन शियर

मेरो विचारमा
यो युध्द मैले मसँग लिएर आएको हुँ
आफ्ना छालाहरूमा टाँसेर
आफ्नो टाउकोमा बाँधेर कात्रो
आफ्ना नङहरूमा लुकाएर कारण ।

ज्ब म टिभी हेरिरहेबी हुन्छु
यो बस्छ मेरा खुट्टानिर
फोनमा कुरा गरिरहँदा
हरेक शब्दहरूका बिचको समयमा
म सुन्छु यसको ओशिएको साँस
हाम्रो ओछ्यानको ठ्याक्कै बिचमा
म यसलाई पल्टीरहेको पाउँछु
म नुहाउने बेला यसले मेरो ढाड दलिदिन्छ
आफुलाई पन्छाइदिन्छ अर्कोतिर
जब म निहुरिन्छु थुक्न सिंकमा ।

राती
गोलीहरू राखेर हत्केलामा
म तिर हात बढाउँछ
दह्रो गरी समाउछ मेरो हात
म कहिले पनि सक्दिन
उससँग आँखा जुधाउन ।

अनुवाद: राजेन्द्र शलभ