• २०८१ माघ २७ आइतबार

गीत

 ईश्वर पोखरेल

ईश्वर पोखरेल

न त फूलको महक छ; न त जूनको चहक छ
छ, उदासी जिउन श्रापित; एउटा उदास जीवन छ ।

वर्सादमा रुझेको;, रम्झम् अझै छ आलैे
त्यो भेट ती चुराको; छङ्छङ् अझै छ आलै
न त साथ न सयर छ; न छ हात न पयर छ
छ, उदासी जिउन श्रापित; एउटा उदास जीवन छ ।

निस्तै छ, निस्तो यौवन; टोकिरहेछु एक्लै
जीवन छ, खाली- जीवन; बोकिरहेछु एक्लै
न त पारिलो पहर छ; न त प्रेमको शहर छ
छ, उदासी जिउन श्रापित; एउटा उदास जीवन छ ।


ईश्वर पोखरेल