मैले सानो छदा ’क’ देखि ’ज्ञ’सम्म पढिरहँदा
मलाई बुवाले हरेक अक्षर चिनाउनु भयो,
मैले ऐले जिन्दगीको पाना पल्टाईरहँदा
मलाई बुवाले हरेक मान्छे चिनाउनु हुन्छ,
मैले अलिक हिंड्न खोज्दा
काँध देखाउनुभयो ।
मलाई पो ’म’ हुन एक्लै गाह्रो पर्थ्यो तर
बुवालाई ’बुवा’ हुन कति सजिलो छ है ?
मैले त काँधले !
न हलो बोक्नुपर्यो
नआँखाले कोदाली देख्न पाइयो
न खालीखुट्टा जमिन टेक्न पाइयो,
न कहिल्यै “खान मन छैन“भनी भोकै बस्न पाइयो,
बुवाबिनामलाई पो ’म’हुनगाह्रो पर्दथ्यो
बुवालाई त ’बुवा’हुनकति सजिलो छ है ?
न घामले देख्यो बा’को पसिना
न मैले देख्न पाए ?
मैले बा’लाई ’बा’भनिरहँदा यो घामले पनि
टोलाउँदो हो है ?
बुवालाई त ’बुवा’हुनकति सजिलो छ है ?
मलाईपो असल छोरा बन्नगाह्रो परिरहेछ !
लोक जोशी