काठमाडौँ, नेपाल प्रज्ञा- प्रतिष्ठानले प्रकाशक रहेको पुस्तक नेपालइन इमेजेज’ को राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा लोकार्पण गरिएको छ । फोटाग्राफर भरतबन्धु थापाको ‘नेपालइन इमेजेज’ तस्बिर पुस्तक सार्वजनिक गदै भण्डारीले उक्त पुस्तकले देशभित्र तथा विदेशमा नेपालकला, संस्कृति तथा भौगोलिक सुन्दरताको विषयमा जानकारी दिएको बताइन् ।
नेपालको पर्यटन तथा संस्कृतिलाई स्वदेश तथा विदेश माझ पुराउन मद्दत गर्ने मैले विश्वास लिएको छु,’ उनले भनिन् । उक्त पुस्तकलाई कार्यक्रममा पर्यटनमन्त्री जीवनराम श्रेष्ठले नेपाल चिनाउने आँखीझ्यालका रूपमा रहेको कुराको व्याख्या गरे । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सातै प्रदेशको भौगोलिक सुन्दरता तथा त्यहाँको वस्तुस्थिति पुस्तकले समेटेको बताए ।
ओलाङ्चुङ्गोलादेखि सुदूरपश्चिमको कालापानीसम्म र उत्तरमा सगरमाथा देखि दक्षिणमा जानकी मन्दिरसम्मका तस्बिरहरू पुस्तकमा समावेश गरिएका छन् ।