समाचार
काठमाडौँ ।
‘स्वर्णिम साहित्य समाज’ले साहित्यकार रेखा सुवेदी र सरण राईलाई स्वर्णिम साहित्य पुरस्कार अर्पिने भएको छ । साहित्यकार रेखा सुवेदीलाई स्वर्णिम साहित्य पुरस्कार अर्पिने भएको हो । पुरस्कारको राशि ५० हजार रूपैयाँ रहेको छ । त्यस्तै सरण राईलाई स्वर्णिम साहित्य सम्मान अर्पिने भएको हो । सम्मान १० हजार रूपैयाँ रहेको छ ।
नेपाली साहित्यको क्षेत्रमा पु¥याएको योगदान कदरस्वरूप सम्मान अर्पिने लागेको हो । मोरङ, बेलबारीकी कवि रेखा सुवेदीको ‘नयाँ अनुहार’ कवितासंग्रह, सुस्केरा (संयुक्त संग्रह) जस्ता कृति प्रकाशित छन् । त्यस्तै सुनसरी, धरानका शरणकुमार राई साहित्यका विविध विधामा कलम चलाउँछन् । उनका केही कथा, केही कविता, ओइलिने फूल, मानव संसार, फुली, नौरङ्गी, अन्तिम आयाम, अन्तिम स्वीकारोक्ति जस्ता दर्जनौ कृति प्रकाशित छन् । ‘स्वर्णिम साहित्य समाज’ ले हरेक वर्ष अर्पिँदै आएको छ ।स्वर्णिम साहित्य पुरस्कार तथा सम्मान समितिका प्रमुख प्रकाश दिप्साली राईको अनुसार लोकप्रिय कवि श्रवण मुकारूङको प्रमुख आतिथ्यमा आउँदो वैशाख २६ गते उक्त पुरस्कार अर्पिने भएको छ ।
