• २०८१ फागुन १ बिहीबार

हृदयको पाना

बाबुराम न्यौपाने “उत्स“

बाबुराम न्यौपाने “उत्स“

हृदयको पाना पढ्ने साथी कसले भेट्यो
प्रेममा धीत मर्नेगरि प्यास कसले मेट्यो

शीतसँगै आँसु झर्छ शीतसँगै सुक्छ
आफैलाई थाहा हुन्न मन किन दुख्छ
खाक बनी जलेको यो देखाउँ कि मन
आँसु थाप्ने हात छुटे ठाडै सुक्यो तन।

जीवन भन्नु रैछ साथी दुःखपीरको गीत
जिउँदो देह जलाउने रै छ पापी प्रीत
मनभित्रको ज्वालामुखी फाट्छ कुन बेला
वेदनाको आगो उम्ली देखाउने छ खेला।

हृदयको पाना पढ्ने साथी कसले भेट्यो
प्रेममा धीत मर्नेगरि प्यास कसले मेट्यो ?


बाबुराम न्यौपाने “उत्स“ दमक, झापा