
कुरा थियो मुटुको आँखाले सब भनिदिए
भेट भएको हाम्रो त्यो जमाना सम्झिरहें …
ओर्लन्थ्यो रात धरामा जुनको पछ्यौरी ओढि
सम्झन्छु तिम्रा मुस्कान लजाएका ती परेली
मायामा उमङ्गिएका हामी झरीमा रूझिबसें
आँखा बन्द रहँदा पनि त्यो जमाना सम्झिरहें…
चाहन्छ सदा मनले तिमी आइदेओस भनेर
तिमी आइदिनु यसरी कहिल्यै नफर्कने गरेर
मेरा लागि नआए पनि दुनियाँका लागि आइदिए
तिमीले नसम्झदा पनि त्यो जमाना सम्झिरहें…
सम्झना तिम्रो उडिरह्यो बास्ना बनेर हावामा सधैं
साँसले तिम्रो अङ्गालो फेर्दा सदा अनुभव ग¥यो
गुनगुनाउँदा तिमीले गीत वातावरण स्वपनिल भए
गजलमय माहौल बनेको त्यो जमाना सम्झिरहें..
ध्रुव जोशी
joshi.dhurva@gmail.com