• २०८३ बैशाख ३, बिहीबार

सीता सिम्खडाको कृति ’सीताको धरातलका सुस्केराहरू’ सार्वजनिक

काठमाडौँ ।

‘सीताको धरातलका सुस्केराहरू’ सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात हलमा आयोजित समारोहमा बरिष्ठ गीतकार प्रा.डा. कृष्णहरि बरालले उक्त कृतिको विमोचन गरेका हुन् ।

कवि तथा गीतकार सीता सिम्खडाद्वारा रचित ‘सीताको धरातलका सुस्केराहरू’मा ६६ वटा कविता र २३ वटा गीत सङ्कलित छन् । कृतिमा समेटिएका दुइ गीत– ‘आँखै रसायो’ र ‘म आफैँलाई चिन्दै छु’को म्युजिक भिडियो पनि समारोहमा सार्वजनिक गरिएको थियो ।

राज सागरको संगीत र इन्दिरा जोशीको स्वर रहेको ‘म आफैँलाई चिन्दै छु’मा मिथिला शर्माले अभिनय गरेकी छन् । त्यस्तै, ‘आँखै रसायो’मा सन्तोष श्रेष्ठको संगीत र निशान भट्टराईको स्वर रहेको छ । यी दुवै म्युजिक भिडियो ओएसआर डिजिटलले बजारीकरण गर्ने भएको छ ।