समाचार
काठमाडौं ।
अन्तर्राष्ट्रिय महिला दिवस २०२६ को अवसरमा, भारतीय दूतावास, काठमाडौंले नेपाली–हिन्दी कवियत्री सम्मेलनको आयोजना ग¥यो, जसमा नेपाली महिला लेखकहरूले नेपाली र हिन्दी भाषामा कविता वाचन गरेका थिए । कार्यक्रम नेपाल–भारत पुस्तकालय, न्यु रोड , काठमाडौंमा आयोजना गरिएको थियो। कार्यक्रमकी प्रमुख अतिथि पारुल पाण्डे थिइन् ।
कार्यक्रमलाई दुई भागमा सम्पन्न गरिएको थियो। प्रथम चरणमा केही प्रसिद्ध महिला कविको मुल्याङ्कनको जानकारी दिइएको थियो भने दोस्रो चरणमा हिन्दी नेपाली कविता र गजल वाचन गरिएको थियो । वाचन गर्ने गजलकार तथा कविहरूमा शीतल कादम्बरी, रञ्जन निरौला, ज्योति जंगल, रीमा केसी, केवरा भट्टराई, सुमन घिमिरे, कृतिका यादव, जैनब खान, तबस्सुम मिकारानी र कंचना झा थिए । धनेश्वर द्विवेदीद्वारा संयोजक गरिएको उक्त कार्यक्रम ज्योति सुहागले सञ्चालन गरेकी थिइन् ।
