समाचार
ए आकाश, तिम्रै असीमित आलिङ्गनमा निडर उन्मुक्त हुन चाहन्छु,
सीमान्तका सबै बाँध चुँडालेर अन्तरको स्वर प्रस्फुटित गर्न चाहन्छु ।
ए शशी, तिम्रो शीतल ज्योत्स्नामा निःसंकोच प्रस्फुरित हुन चाहन्छु,
रात्रीको निस्तब्ध क्यानभासमा उजासको सुगन्ध छर्न चाहन्छु ।
ए पवन, तिम्रो स्वच्छन्द स्पन्दनमा निर्बाध विहार गर्न चाहन्छु,
थकित चेतनाका गिरा फुकाली नवजीवन स्पर्श गर्न चाहन्छु ।
यो मन–नयनले एकाग्र भावले तिमीलाई निहार्न चाहन्छु,
मौनका गह्वरभित्र आत्मस्वरको अनुगूञ्ज उतार्न चाहन्छु ।
कुसुम भट्ट, धनगढी, कैलाली, ७