• २०८२ माघ १६, शुक्रबार

शिशिर ठटालको ‘धुन’ सार्वजनिक

काठमाडौं ।

गायक तथा मेरो भ्वाइस युनिभर्स पहिलो सिजनका उपविजेता शिशिर ठटालको नयाँ गीत ‘धुन’ सार्वजनिक गरिएको छ । मेरो भ्वाइस युनिभर्सको मञ्चबाट दर्शकको मन जित्न सफल सिक्किमका शिशिर ठटाल यसअघि ‘मन रागिनी’ र ‘मायाको रंग’ जस्ता गीतमार्फत लोकप्रियता हासिल गरिसकेका छ । यसपटक उनी ‘धुन’ शीर्षकको गीत लिएर सांगीतिक बजारमा आएका हुन । गीतमा शिशिर ठटाललाई गायिका रेनुका सुब्बाले स्वरमा साथ दिएकी छन् । उक्त गीतका शब्द, संगीत तथा कम्पोज स्वयं शिशिर ठटालकै रहेको छ ।

गीतको म्युजिक प्रोडक्सन फसिल स्टुडियो, काठमाडौँमा गरिएको हो । अडियो मिक्सिङ, मास्टरिङ तथा एडिसनल अडियो डिजाइनको जिम्मेवारी निविर एक्सले सम्हालेका छन् । भिडियोतर्फ हेर्दा, यसको कन्सेप्ट गायिका रेनुका लिम्बुको रहेको छ। भिडियोमा दीपेश तामाङ, सञ्जिवनी राई मुख्य कलाकारका रूपमा देखिएका छन्, जहाँ उनीहरूको उत्कृष्ट केमेस्ट्री दर्शकले अनुभव गर्न सक्छन् ।

फिल्मिङ्गो स्टुडियो युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतको भिडियो निर्देशन मोसिन क्षेत्रीले गरेका हुन् । गीतमा लगानी भने अमोन राईको रहेको छ ।