• २०८२ पुष ११, शुक्रबार

ई. रामविन्दु श्रेष्ठद्वारा लिखित ‘हजारौँ विजय’ कृति विमोचित

काठमाडौँ ।

ई. रामविन्दु श्रेष्ठद्वारा लिखित ‘हजारौँ विजय’ कृति सार्वजनिक भएको छ । पुस्तकमा विश्वमा फैलिएको नवनाजीवादी अभ्यास तथा दोस्रो विश्वयुद्धमा सोभियत संघको विजयको निर्णायक भूमिकालाई न्यूनीकरण गर्दै तथ्यलाई तोडमरोड र इतिहासलाई पुनर्लेखन गर्न खोजिएको प्रयत्न आदि वास्तविकतालाई केन्द्रविन्दु बनाइएको छ ।

दोस्रो विश्व युद्धमा सोभियत संघ र युरोपको मुक्तिको लागि दुई करोड सत्तरी लाख सोभियत वीरहरुले गरेको बलिदान र अभूतपूर्व रुपमा रचेको देशभक्तिको कथास त्यसले विश्व भूराजनीति र नक्सामाल्याएको परिवर्तनस एशिया, अफ्रिका र ल्याटिन अमेरिकी मुलुकमा त्यसले ल्याएको उपनिवेश विरोधी लहरलाई पुस्तकमा सुक्ष्म ढंगले लेखिएको छ ।

नेपाल रुस साहित्य समाज र रुसी सदन काठमाडौंबाट आयोजित कार्यक्रममा नीलाम्बर आचार्य, प्रा. डा. जंगब चौहान, मिलन राजतुलाधर, नेपालभाषा एकेडेमीका चान्सलर कृष्ण मल्ल के सुन्दर, रुसी सदनकी निर्देशकलगायतको सहभागिता थियो ।