समाचार

मैले मेरै नयनभित्र हिमाल देखेको छु
त्यतिमात्र हैन विशाल नेपाल देखेको छु
जहाँ जन्मे गौतम बुद्ध ज्ञान छर्न संसारभरी
हरेक जीवआत्मा माथि करूणा छ बराबरी
कठोरता, बर्बरता, हुदैहुन्न्न युद्ध प्यारो
देश, भेष, मानवता मलाई मेरै बुद्ध प्यारो
मग्मगाउँछ श्रीखण्ड मेरै छातीभरी
शान्ति ध्वनि गुञ्जीरहन्छ मेरै वरिपरि
सगरमाथा, माछापुछ्रे, कञ्चन रारा फेवा
सीता, बुद्ध, भृकुटी सबै मेरा पेवा
कठोरता…सम्यक दृष्टि, सम्यक बचन, मूलमन्त्र सम्यक कर्म
सृष्टिमा छैन दोष दृष्टिमा हो भन्ने मर्म
आऊ आऊ शान्तिपथमा केही इटा थपौं
तनमन शुद्ध राख्दै शान्ति, ज्ञान, बु्द्ध जपौं
कठोरता…
प्रकाश सुवेदी
[email protected]