• २०८१ असोज २९ मङ्गलबार

गजल

शान्ति शर्मा

शान्ति शर्मा

तिमी सान मेरो, तिमी खास धर्म
तिमी मात्र मेरो खुसी, भाग्य, कर्म

मिले शान्त एकान्तको साथ तिम्रो
न रोकिन्छ चक्चक् न ढाकिन्छ शर्म

नबोलूँ म केही दुबै ओठ खोली
नसम्झूँ कुनै वेदना, दुःख, मर्म,

डुबी राख शान्ति- नजरमा जीवनभर
समर्पण हो माया फगत् हैन पर्म


(शर्मा चर्चित गजलकार हुन् ।)
[email protected]