समाचार
काठमाडाँैं ।
इलामस्थित जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आएको सम्मान तथा पुरस्कार यस वर्षका लागि पनि घोषणा गरेको छ । प्रतिष्ठानका सचिव विमल वैद्यद्वारा प्रेषित विज्ञप्तिमा ‘पूर्ण दुङ्ग आदर्श नागरिक सम्मान’ कुलबहादुर गुरुङलाई प्रदान गरिने भएको छ । सम्मानका साथ नगद राशि ७७ हजार ७७७ रुपैयाँसमेत प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ ।
‘गजराज खम्वसिंह जानुकादेवी आदर्श समाजसेवी सम्मान’ ५१ हजार १०१ रुपैयाँसहित खगेन्द्रप्रसाद ढकाललाई, ‘साँखेजुङ्ग जगतबहादुर लीलामाया देवकुमारी आदर्श शिक्षक सम्मान’ नगद राशि ३३ हजार ३३३ रुपैयाँसहित उमाराम प्रसाईंलाई प्रदानख गरिनेछ ।
‘कृष्णविनोद इलाम सिर्जना सम्मान’ नगद राशि ५१ हजार १०१ रुपैयाँसहित कुवेर राईलाई, ‘भृकुटी शिवभमाया लक्ष्मण अग्रणी महिला सम्मान’ नगद राशि ३३ हजार ३३३ रुपैयाँसहित चन्द्रकला राईलाई, ‘उदयरत्न सावित्री उत्कृष्ट कृषक सम्मान’ नगद राशि ५० हजार १०१ रुपैयाँसहित टेकप्रसाद खनाललाई प्रदान गरिनेछ ।
‘रामहरि नारायणप्रसाद शिक्षा सम्मान’ नगद राशि १५ हजार १०१ रुपैयाँसहित छत्र तामाङलाई, र ‘मधु जनक उत्कृष्ट विद्यार्थी सम्मान’ नगद राशि दश हजार १०१ रुपैयाँसहित समिक्स राउत (आदर्श मा.वि. इलाम)लाई प्रदान गरिने विज्ञप्तिमा जनाइएको छ ।
