हुन्छ हुन्छ भनिकन भाका सारिदिए
दिन्छु दिन्छु भनिकन यसै टारिदिए
फूल जस्तै तिम्रो मन कति दुस्ख्दो होला
मैले पनि तिम्ले जस्तै माया मारिदिए ।
छल कपट अरूले गर्लान्, इमान आफ्नै हो
रात पनि चोर डाँकाको होला, बिहान आफ्नै हो
जति पटक मलाम गए नि सम्झिँदैन मान्छे
एक दिन अवश्य जल्नैपर्ने चिहान आफ्नै हो ।
कतै बेली, कतै चमेली फुलेको छ
फूलको वरिपरी भमरा डुलेको छ
जहाँ छ सुन्दर र रमाइलो चौतारी
त्यहाँ आशिकीको मन भुलेको छ ।
जीवन स्वयम् उकाली र ओराली रहेछ
जीवन आफै दुस्ख सुखको देउराली
रहेछ
समयले जीवनलाई कहाँ कहाँ पुराउँछ
जीवन मृत्यु कुरेर बसेको चौतारी रहेछ ।
पुराना कुराहरू सबै इतिहास बन्दैछ
नयाँ नयाँ चलनहरू अब खास बन्दैछ
छोडेर आफ्नो पनलाई रमाएको छ मान्छे
ऊ सर्कसको पात्र जस्तै उपहास बन्दैछ ।
दिव्य गिरी