काठमाडौँ, फागुन ८,२०७८
६ फागुन, २०७८ कालीभक्त- कृष्णा पन्त स्मृति प्रतिष्ठानले शुक्रबार, कालीभक्त पन्त लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार लोकसंस्कृतिविद्द्वय चूडामणि बन्धु र तुलसी दिवसलाई प्रदान गरेको छ । राजधानीमा आयोजित समारोहमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले उक्त पुरस्कार प्रदान गरेकी हुन् ।
२०७७ का लागि प्राध्यापक बन्धु र २०७८ का लागि दिवसलाई सो पु्रस्कार प्रदान गरिएको हो । पुरस्कारको राशि जनही १ लाख १० हजार रुपैयाँ तथा सम्मानपत्र रहेको छ ।
लोकसंस्कृतिका अभियन्ता कालीभक्त पन्तको ३३औँ स्मृति दिवसको अवसरमा आयोजित समारोहमा पन्तको प्रसिद्ध कृति ‘हाम्रो सांस्कृतिक इतिहास- २०२८ को तेस्रो संस्करणसार्वजनिक गरिएको थियो । पर्वत जिल्लाको लिमीठानामा १९६४ सालमा जन्मेका पन्तको ‘पश्चिम ४ नम्बर नेपालको इतिहास’, ‘किसान गीता’, ‘हाम्रो राष्ट्रिय कत्र्तव्य दर्शन’, ‘गीत सुधारको राष्ट्रिय बाटो’, ‘छुतभेद र कत्र्तव्य’ र ‘शुम्भवध’ कृति प्रकाशित छन् ।
राणाशासनको विरोधमा जेलजीवनसमेत व्यतीत गरेका पन्त २०१९ सालबाट राजनीतिबाट सन्न्यास लिएर लोकसंस्कृति अध्ययनमा समर्पित भएका थिए । उनको योगदानलाई लिएर परिवारका सदस्यले प्रतिष्ठान गठन गरी स्रष्टासम्मान र छात्रवृत्ति कोष स्थापना गरी दलित विद्यार्थीलाई पुरस्कार तथा सम्मान प्रदान गर्दै आएको प्रतिष्ठानका सदस्य महेश्वर पन्तले जनाएका छन् ।