• २०८१ फागुन ६ मङ्गलबार

निरोलाका कृति ‘एटलान्टिकदेखि प्रशान्त महासागरसम्म’को लोकार्पण तथा समिक्षा

वीस र तीसको दशकमा नेपालमा जासुसी उपन्यास लेखेर नाम कमाएका स्ष्टा शरद निरोलाको नयाँ कृति ‘एटलान्टिकदेखि प्रशान्त महासागरसम्म’ को परिचार्चा कार्यक्रम अमेरिका भर्जिनियामा सम्पन्न गरिएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डिसी मेट्रो च्याप्टरको आयोजनामा भएको सो कार्यक्रममा बसन्त श्रेष्ठ, लेखनाथ भण्डारी तथा प्रेम सङ्ग्रौलाले उक्त कृतिमाथि आफ्नो धारणा राखेका थिए । कार्यक्रममा अतिथि साहित्यकार कृष्ण धरावासीले नियात्रा विधाका बारेमा चर्चा गरेका थिए ।

लेखक निरोलाले पुस्तक आफ्नो अनुपस्थितिमा नेपालमा विमोचन भए पनि आफ्नो उपस्थितिमा अमेरिकामा पनि विमोचन गर्नुपरेको बताए । कार्यक्रमको शुरुमा सभाध्यक्ष रजनी श्रेष्ठ, अतिथि कृष्ण धरावासी तथा लेखक स्वयमले सामूहिक विमोचन गरेका थिए । कार्यक्रममा अतिथिहरुको स्वागत जगन्नाथ पौडेलले र कार्यक्रम नीलकण्ठ सुवेदी र परशुराम तिमिल्सिनाले सञ्चालन गरेका थिए ।