संस्मरण

१.
कोहि फूलहरूकै तरबार बनाउँछन्
कोहि फूलहरूलाई उपहार बनाउँछन् ।
कोहि यस्ता छन् बगैंचाका मालीहरू
जो कोपिलाहरूकै हतियार बनाउँछन् ।
बिदेशतिर नेपालीले नै विमान बनाउँदा
नेपालले नेपालीलाई बेरोजगार बनाउँछन् ।
भोको पेट भुल्याउन बाध्यतामा सर्वस्व
शरीर बेच्दै शरीरलाई व्यापार बनाउँछन् ।
हाम्रो छाती टेक्दै टेक्दै भण्डार पुग्नेहरू
आफ्नो मात्रै भरी भरी भण्डार बनाउँछ्न् ।
२.
घरी घरी दिक्क लाग्नु स्वभाविक लाग्छ,
मलाई नजिक भन्दा टाढाको नजिक लाग्छ ।
फसाउने आफन्त नै हुदो रहेछ सबको यहाँ,
मलाइ यसै आफन्त शब्द नै तान्त्रीक लाग्छ ।
हामीले देख्न यति गिरेका छौ दृष्टिकोणमा
कि पत्थर पुज्ने पुजारी मात्र आस्तिक लाग्छ ।
हामीलाइ किन्दै हामि लाइनै बेच्ने व्यापारीहरू
देशमा सबैभन्दा ठुला र सामाजिक लाग्छ ।
प्रेमको अर्थ हेर्दै यति बिग्रदो छ आजकल
देख्दा हरेक प्रेमि प्रेमिका व्यवसायिक लाग्छ ।।
३.
मैले यत्ती राम्री उर्वशी देखिनु कुनै हालमा पनि
कमि कतै छैन रूप, रङ चाल ढालमा पनि
फेसबुक, ट्विटर, गुगल कहाँ खोजिन उनिलाई
भेटिइनन उनी कुनै सामाजिक सञ्जालमा पनि
म हिजो यस्तो थिइन तर आज कसरी यस्तो भएँ
किन सधैं टोलाइरहन्छु तालमा पनि बेतालमा पनि
परिभाषा थाहै नपाइ कस्तो अनायासमा परेछु
सिर्फ एक नजरमै निर्मोहिको मायाजालमा पनि
मलाई एउटै कुराको सधैं भरोसा लागिरहन्छ
पृथ्वी गोलो छ भेट्टिइन सक्छ यही सालमा पनि
असल चरित्र, साँझा बस्ती, खोटाङ
[email protected]