• २०८१ माघ ५ शनिवार

म मान्छे

अमृत छेत्री

अमृत छेत्री

म अतृप्त छु
म उथलपुथल छु
म प्यासी छु
आखिर म मान्छे न हुँ

आज म जोसँग जोडिएको छु
कुनै मोडमा तीसँग छुट्टिएको छु

जोसँग म छुट्टिँदै गएँ
अरूसँग जोडिँदै पनि छु

आज जो जोडिँदै आएका छन्
ती भोलि छुट्दै जान्छन्

ती सबै छुट्नेहरू खोजको खोजीमा छन्

सम्भावना भन्नु प्यास न हो
जो जोडिँदै जान्छ र छुट्दै जान्छ
आखिर म मान्छे न हुँ ।


(छेत्री चर्चित कवि हुन् ।)
[email protected]