कविता हिन्दी
काठमाडौँ ।
नइ एकेडेमीले सुविख्यात नाटककार, आख्यानकार तथा कवि ‘विजय मल्लको शताब्दी महोत्सव’ को आयोजना गर्ने भएको छ । नइ एकेडेमीका पूर्व कोषाध्यक्ष सुरबहादुर श्रेष्ठ विजय मल्ल शताब्दी महोत्सवको आर्थिक संयोजक रहेका छन् ।
विजय मल्लको जन्म १९८२ सालमा काठमाडौंमा भएको थियो । विजय मल्ल शताब्दी महोत्सवका अवसरमा डा. साधना प्रतीक्षाको ’नारीवादी नाटककार विजय मल्ल’ र नरेन्द्रराज प्रसाईको ’विजय मल्लको जीवनी’ प्रकाशित गरिने भएका छन् । नइ एकेडेमीका सदस्यसचिव नरेन्द्रराज प्रसाईको अनुसार नइ एकेडेमीका कुलपति इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।
विशिष्ट बौद्धिक स्रष्टा विजय मल्ल भन्नु नाट्यसम्राट बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाले जस्तै बहुआयामिक सिर्जनात्मक योगदान गर्ने अमर व्यक्तित्व हुन् ।
