• २०८० मंसिर १३ बुधबार

सुरक्षा पन्त फिल्म फेस्टिभल कान्समा सहभागी हुँदै

काठमाडौँ

अभिनेत्री सुरक्षा पन्त विश्व प्रसिद्ध फिल्म फेस्टिभल कान्समा सहभागी हुँदैछिन् । विदेशी फिल्म ’द एइट माउन्टेन्स’मा निभाएको एक पात्रको भूमिकाले उनलाई कान्समा पुर्याएको हो । उक्त फिल्म मनाङका केही भागमा छायांकन गरिएको गरिएको थियो ।

अवार्ड जितेको उपन्यास ’द एइट माउन्टेन्स’मा आधारित फिल्म कान्समा जेठ ४ गते प्रिमियर हुँदैछ । फेलिक्स भ्यानजोर्जियन र सार्लोट भ्यान्डरमियर्स निर्देशित फिल्मले कान्स पुर्याएको हो उनलाई । कान्सको मुख्य प्रतिस्पर्धाका लागि फिल्म छनोट परेको थियो । सुरक्षाले सामाजिक सञ्जाल फेसबुकमा खुसी हुँदै उनी कान्समा सहभागी हुने कुरा सार्वजनिक गरेकी हुन् ।

’कान्स फिल्म फेस्टिभल २०२२ मा जाँदैछु । सबैभन्दा पहिला त जानको लागि जुन दौडधुप गर्नुपर्छ त्यो दौडधुपमा म सँगै दौडिने सहयोगी साथीहरुलाई माया अनि सम्मान छ । केही समय अघि एउटा अन्तर्राष्ट्रिय फिल्ममा एउटा पात्रको रुपमा काम गर्ने मौका जुरेको थियो,’ उनले लेखेकी छन्, ’त्यही फिल्म द एइट माउन्टेन्सको केही अंशको छायांकन नेपालको मनाङमा गरिएको थियो । उक्त फिल्म कान्सको मुख्य प्रतिस्पर्धामा छानिएको खबर पाए सँगै निमन्त्रणा आयो अनि जाने तय गरेँ ।’

पन्तले लेखेकी छन्,’ म सँग तितो मिठो अनुभव छ जुन कुनै दिन हजुरहरु माझ सुनाउँला, भोलि जाँदैछु । उताको यात्राको पनि म संग बहुमुल्य अनुभव हुनेछन् ।’ ’द एइट माउन्टेन्स’का निर्देशक फेलिक्सको फिल्म’ दब्रोकन सर्कल ब्रेकडाउन’ यसअघि ८६ औं अस्करको उत्कृष्ट विदेशी भाषाको फिल्म तर्फ मनोनयनमा परेको थियो ।


ओ प्रिय

सायास