• २०८१ असार ११ सोमबार

पार्वती शाहीद्वारा लिखित कथासङ्ग्रह पहिलो रात लोकार्पण

कथाकार पार्वती शाहीद्वारा लिखित पहिलो कथा सङ्ग्रह ‘पहिलो रात’ काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा लोकार्पण सम्पन्न भयो । मदन पुरस्कार विजेता कथाकार महेशविक्रम शाह, कथाकारद्वय राजेन्द्र पराजुली र बिनाथिङ तामाङद्वारा लोकार्पण सम्पन्न भयो ।

कथामाथि बोल्दै बिना थिङ तामाङले पहिलो कथा सङ्ग्रह भए पनि कथा पढ्दा स्थापित लेखकको जतिकै रोचक र नयाँ विषयवस्तु र आञ्चलिकता भएको कथाहरू समावेश भएको बताउनु भयो । कथाकार राजेन्द्र पराजुलीले महिला लेखक भएपनि पुरुष र महिलाको विषयवस्तु शसक्त कथाहरू आएको बताउनु भयो ।

कथाकार महेशविक्रम शाहले कथा लेखक क्लबमा स्वागत गर्दै सुदुरपश्चिमको आञ्चलिकता, विषय कथाहरू आएको बताउनु भयो । शिखा बुक्सले प्रकाशन गरेको पुस्तकको मूल्य ३५०।– रहेको छ ।