समाचार
काठमाडौँ,
शब्दयात्राप्रकाशनले लघुकथाकार लता केसीलाई ‘शब्दयात्रा डण्डपाणि–मानकुमारी धिताल लघुकथा पुरस्कार–२०८२’ अर्पण गरिने भएको छ।
शब्दयात्रा प्रकाशनले लघुकथाकार लता केसीलाई २०८२ सालको ‘शब्दयात्रा डण्डपाणि–मानकुमारी धिताल लघुकथा पुरस्कार’ समर्पण गर्ने भएको छ। ‘चोटदेखि मृत्युसम्म’, ‘दृश्य’, ‘सफलता’ र ‘पाहुर’ उनकाप्रकाशित ४ लघुकथासङ्ग्रह हुन् ।
उक्त पुरस्कार आउँदो मङ्सिरमा समर्पण गरिनेछ। यस पुरस्कारको कोष व्यवस्थापन साहित्यकार अम्बिका धितालले आफ्ना पितामाताको स्मृति र सम्मानमा गरेकी हुन् ।
