• २०८१ असार ११ सोमबार

उत्तम शान्ति पुरस्कार डा. नवराज केसीको ‘शून्यको मूल्य’लाई

काठमाडौं ।

२०७९ सालको उत्तम शान्ति पुरस्कार डाक्टर नवराज केसीको कृति शून्यको मूल्यले पाउने भएको छ । उत्तम कुँवर स्मारक पुरस्कार गुठीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै डा केसीको कृति शून्यको मूल्यलाई पुरस्कार दिने घोषणा गरेको हो । पुस्तकमार्फत अँध्यारो समाजलाई उज्यालोतर्फ उन्मुख गराउने सन्देशसहित कर्णालीका आमाहरूको दुःख, साहस र संघर्षलाई अत्यन्त मार्मिक, यथार्थपरक र आख्यानात्मक शैलीमा प्रस्तुत गरेबापत साहित्यकार डा केसीलाई पुरस्कार दिने निर्णय गरेको गुठीले जनाएको छ। उत्तम शान्ति पुरस्कार एक लाख राशीको छ ।

साहित्यिक पत्रकार उत्तम कुँवरको स्मृतिमा उनकी धर्मपत्नी शान्ति कुँवरले २०४४ सालमा स्थापना गरेको यो पुरस्कार उत्तम कुँवर जन्मजयन्ती (जेठ १२) मा प्रदान गरिँदै आएको छ । गत वर्ष पत्रकार गिरीश गिरीले लेखेको संस्कृतिविद् सत्यमोहन जोशीको जीवनीमा आधारित कृति ‘सत्यमोहन’लाई उत्तम–शान्ति पुरस्कार प्रदान गरिएको थियो ।