• २०८२ आश्विन ३१, शुक्रबार

राजेश हमालको युगदेखि युगसम्म’ पुस्तक सार्वजनिक

काठमाडौँ ।

नेपाली चलचित्रका महानायक राजेश हमालको जीवन, सिनेमा यात्रा र समाजप्रतिको योगदान समेटिएको पुस्तक ‘महानायक राजेश हमाल: युगदेखि युगसम्म’ सार्वजनिक भएको छ । असोज २५ गते (शनिबार) काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठान भवनमा आयोजित एक कार्यक्रममा यो पुस्तक लोकार्पण गरिएको हो ।

यो पुस्तक लेखक यज्ञशसँगको संवादमा आधारित रहेको छ। लोकार्पण कार्यक्रममा स्वयं महानायक राजेश हमाल, लेखक यज्ञश, चर्चित लेखक बुद्धिसागर र मधु भट्टराईले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरे । ‘युगदेखि युगसम्म’ मा राजेश हमालको पर्दादेखि पानासम्मको लामो यात्रा, चलचित्र क्षेत्रमा बिताएको समय, सङ्घर्ष, सफलताका कथाहरू र व्यक्तिगत जीवनका सम्झनाहरू समेटिएका छन्। पुस्तकले हमालको जीवनका स्मृति र संस्कारहरू लाई आत्मीय ढङ्गले प्रस्तुत गरेको छ ।

कार्यक्रममा उपस्थित चलचित्रप्रेमी र पाठकहरूको उत्साह उल्लेखनीय थियो। भक्तपुरबाट आएका रवीन्द्र बस्नेतले बिहानै पुस्तक लिन आएको र सुरुका २५ जनाले मात्र हस्ताक्षरसहितको निःशुल्क पुस्तक पाउने अवसरमा भाग्यमानी बनेर पाउन सफल भएको बताए। उनले भने, ‘चलचित्र क्षेत्रमा देखिँदै आएको चमकमाथि उहाँको वास्तविक जीवन र उहाँवरिपरिको संसार बुझ्न अब हामी अझ नजिकबाट जान पाउनेछौँ। म सबैलाई यो पुस्तक पढ्न अनुरोध गर्छु ।’

त्यसैगरी, अर्का उत्साही पाठक बुद्धि ब्लोन तामाङ ले पहिले फेसबुकमा पुस्तकबारे थाहा पाउनेबित्तिकै पढ्ने हतार भएको बताए । उनले भने, ‘हामीले पर्दामा हेर्दा उहाँको जीवन रमाइलो र ग्लामरस देखिन्छ, तर यस पुस्तकमार्फत उहाँको सङ्घर्ष, मिहिनेत र आत्मबलको कथा बुझ्न सकिन्छ ।’ पुस्तकमा हमालको चलचित्रिक योगदान मात्र नभई उनको विचार, समाजप्रतिको दृष्टिकोण र नेपाली सिनेमा विकासमा दिएको भूमिका पनि समेटिएको छ। ‘महानायक राजेश हमाल: युगदेखि युगसम्म’ सिनेमाप्रेमी, साहित्यप्रेमी र हमालका प्रशंसकहरूका लागि पढ्नैपर्ने कृति बनेको उपस्थित सबैले बताएका थिए ।


I met the Goddess

हाउसफुल

प्रार्थना