• २०८० असोज ८ सोमबार

दीप र सुदीपलाई प्रतिभासम्मान र पुरस्कार

नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले यस वर्षको ‘प्रतिभा सम्मान’ वरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठ र ‘प्रतिभापुरस्कार’ सुदीप पाख्रिनलाई दिने भएको छ । प्रतिष्ठानका अध्यक्ष गणेश राईका अनुसार प्रतिष्ठानको कार्यसमिति सदस्य बीच व्यापक छलफल र बहसपछि प्रतिभा सम्मानका लागि श्रेष्ठ र पाख्रिनलाई छनोट गरेर सार्वजनिक गरिएको बताए । प्रतिभा सम्मान नगद ५० हजार रुपैया र ताम्रपत्र, दोसल्ला रहेको छ भने प्रतिभापुरस्कारमा नगद एक लाख रुपैया र ताम्रपत्र रहेको छ । नेपाली संगीतक्षेत्रमा विशिष्ट योगदान दिएवापत श्रेष्ठलाई ‘प्रतिभा सम्मान’ प्रदान गरिने भएको हो ।

सन १९६८ सालमा रेडियो नेपालमा पहिलो गीत रेकर्ड गरेर नेपाली संगीत क्षेत्रमा प्रवेश गरेका श्रेष्ठ भारतको इलाहबादबाट संगीतमा स्नातक गरेका छन् । नेपाल प्रज्ञाप्रतिष्ठानको संगीत निर्देशक भएर लामोसमय सम्मकाम गरेका थिए ।यसैगरी नेपाली कविता साहित्यक्षेत्रमा महत्त्वपूर्ण योगदान दिएवापत कवि पाख्रिनलाई ‘प्रतिभा पुरस्कार’ प्रदान गरिने भएको महासचिव खेरेसले बताए ।दुवैजनालाई आगामी चैतको दोश्रो साता धरानमा एक कार्यक्रम गरी सम्मान र पुरस्कार प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।