हो
म त
प्राणीको
प्राण खान्छु
पीडाले रुदाँ
मैले दयाक्षमा
केहीपनि जानिन ।
धनी गरीब जोसुकै,
आफ्ना पराया कोहीपनि
ज्ञानी अज्ञानी कोही चिन्दिन ।
जसको आउँछ समय
अनि आउँछु म पनि
बजाउँदिन बाजा
सुटुक्क आएर
सुटुक्क लाने
एक शून्य
घातक
काल
हुँ।
प्रकाश बुढाथोकी (आथ्रिघाट, असम)
[email protected]