• २०८१ भाद्र २७ बिहीबार

साहित्यकार कृष्ण बजगाईंको बालकथासंग्रह “आगो ओकल्ने पहाड”बजारमा

काठमाण्डौं, बेलायत निवासी साहित्यकार कृष्ण बजगाईंको “आगो ओकल्ने पहाड” बालकथा सङ्ग्रह बजारमा आएको छ । बालबालिकाको मनोविज्ञानलाई मनन गरेर लेखिएका उक्त सङग्रहका कथाहरु रोचक, ज्ञानवद्र्धक र शिक्षाप्रद छन् ।

नियात्रा, कथा, लघुकथा, बालकथा र हाइकुका दर्जन भन्दा बढी कृति प्रकाशित गरिसकेका बजगाईं डायोस्पोराका स्थापित साहित्यकार हुन् । उनका दश बालकथाहरु नेपाल सरकार पाठ्यक्रम विकाश केन्द्रद्वारा स्वीकृत प्राप्त कक्षा ४, ६ र ७ कक्षाको पाठ्यक्रममा समावेश भएर पढाई भईरहेका छन् । उनका एक लघुकथा नेपालको कक्षा १२ मा, दुई लघुकथा म्यान्मारको नेपाली विद्यालयको कक्षा ९ मा र चार नियात्रा नेपालका त्रिभुवन विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयको स्नातक तहको पाठ्यक्रममा पढाई भईरहेका छन् ।
तीन सय मुल्य रहेको उक्त पुस्तक नेपालभर उपलब्ध छ जसलाई भुँडी पुराण प्रकाशन काठमाण्डौंले प्रकाशन गरेको हो ।


किसी दिन

रद्दी

मौन–सम्प्रेषण

उत्तर