सर्बियाको कविता
मैले हिजो
घरपरिवारको आँसु र रहर पिउँदै
आफ्नै रगतको आहाल बनाउँदैक्
गोलीका खोका र घाउका टाटाहरू शरीरमा टाँस्दै
जीवन मृत्युको धारमा पाइन लाउँदै
बेचेँ चौडा छात्ती
र त
पाएँ बहादुरीका पदक र तक्माहरू ।
रगतको कार्पेटले रङ्गिएको
मेरो बहादुरीको यात्रामा
बजाएर विजयका कर्तल ध्वनीहरू
अझै उत्तेजित र तरङ्गित मन र मस्तिष्क बोकेर
चढ्थ्यो उचालिएर रगतका पहाडहरू
अनि
पिडैपिडाको महासागरको बिचमा पनि
छुन खोज्थ्यो
विशाल, सुन्दर र शान्त आकासहरू ।
तर आज
बिलाउँदा छन् यौवनका ती भरभराउँदा तरङ्गहरू
लस्कँदै छ आयु किनारतिर
कुरुप बन्दैछ जोश, जाँगर र उमङ्गहरू
शरम लाग्छ अब त
छात
छातीमा तुन्द्रुङ्ग झुण्ड्याउन
मेरा यी बहादुरीका पदक र तक्माहरू पनि
किनकि
यी पहेंलपुर पदक र तक्माहरूभित्र
खिया लागेका अन्तरकथावस्तुहरू
पीडादायी बनेर टाँसिएका छन् ।
डा. हरिकुमार श्रेष्ठ ‘शिखर’
नागार्जुन- १०, स्युचाटार, काठमाडौ