• २०८२ आश्विन २७, सोमबार

जंगबहादुर राईको ‘म फसेछु कस्तो माया जालमा’ सार्वजनिक

काठमाडौं ।

गीतकार जंगबहादुर राईको नयाँ गीत ‘म फसेछु कस्तो माया जालमा’ सार्वजनिक भएको छ । गीतमा प्रेममा परेका व्यक्तिको भावना र सम्बन्धमा आएको उतारचढावलाई प्रस्तुत गरिएको छ । रचनात्मक शैली र आधुनिक संगीत संयोजनले गीतलाई थप मधुर बनाएको छ ।

गीतमा स्वर गायिका मेलिना राईले दिएकी छन् भने संगीत संयोजन संगीतकार शान्तिराम राईले गरेका हुन् । ‘म फसेछु कस्तो माया जालमा’ ले विशेषगरी प्रेममा बाँधिने जोडीको मनोविज्ञानलाई चित्रण गरेको छ । जंगबहादुर राईको शब्द तथा संगीतमा लोक पप ‘सुसेली हाल्यो वनैमा आज कोइलीले भाकेर’ बोलको गीत यसअघि सार्वजनिक भएको थियो ।