• २०८० मंसिर १५ शुक्रबार

वाह लाडली

डा. फ़क़ीर चंदशुक्ला

डा. फ़क़ीर चंदशुक्ला

“लाडली छोरी, लु उठ अब । नौ बजी सक्यो, अबेला सम्म सुत्नु  हुंदैन नानी, ”
मम्मीले आकृतिलाई हल्लाउंदै भनिन् जो अहिलेसम्म ओछ्याइनमा सुतिरहेकी थिइन् । आकृतिलाई घरमा मायाले सबैजना लाडली भनेर बोलाउंछन ।
“मम्मी सुत्नदिनु न.. अब मलाई स्कुल जानु छैन नि”.आकृतिले अलिक क्रोधित स्वरमा भनिन ।
“स्कुल जानु छैन भने यसको अर्थ बाह्र बजेसम्म ओछ्र्यानमै पल्टि रहने होइन नि “मम्मीले उसलाई हल्लाउंदै भनिन- “यस्तो अवस्थामा त तिम्रो बानी बिग्रिन्छि है ।”
अब नचाही पनि आकृतिलाई ओछ्यानबाट उठ्नै परेको थियो तर भनभनाउंदै थिइन्–“अचेल स्कुल पनि बन्द छ, होम वर्क पनि छैन तापनि किन बिहान बिहानै हैरान गर्दै हुनुहुन्छ ?” र उनले छिटै बाश रूममा पसेर दांत मांझेर फर्किन । “अब मलाई अहिले नुहाउन न भन्नुहोला …दिउंसो नुहाउने छु ।” आकृतिले मम्मीतिर हेरेर भनिन ।
केही बेर पछि आकृतिले ब्रेकफास्ट गरी टी.भी. खोलेर बसिन् ।
उनी धेरै बेरसम्म टी.भी. को प्रोग्राम देखे पछि उठिन् । मम्मीले पटकपटक भनिसके पछि उनी मन नभए पनि नुहाएर आइन र फेरी मोबाइलमा गेम खेल्न थालिन् ।

दिउंसो भएपछि उनी खाना खाएर कोठामा गएर सुतिन् । उनले यस्तो केवल आजमात्र गरेकी होइनन् । जबदेखि कोरोनाको कारण बन्द भयो, तबदेखि उनको दिनचर्या यस्तै बनिसकेको छ ।
आमाबुबाले जति समझाए पनि उनी टी.भी. र मोबाइलबाट टाढिन सकेकी थिइनन् ।
तर उनी पनि के गर्थिन ? सारा दिन बिताउन उनलाई पनि कठिन लाग्थ्यो । कुनै साथीको घर पनि जान सक्दिन थिइन् किनकी लाकडाउनमा घरबाट बाहिर निस्किन सख्त मनाही थियो । लकडाउनको समय पनि बढि रहेको थियो । पहिलो अवधि समाप्त नभइकन लाकडाउन अझै थपिंदै थियो ।
तर केही दिनदेखि आकृतिलाई टी.भी. हेरेर वाक्क लागि सकेको थियो । एउटै प्रोग्राम पटक पटक प्रसारित गरिरहेको थियो । मोबाइलमा पनि उनी कहिलेसम्म गेम्स खेली राख्थिन अथवा साथी हरु संग कति कुराकानी गरीराख्थिन । उनसंग कुरा गर्नलाई पनि कुनै शीर्षक थिएन ।
कोरोनाको कारणले गर्दा उनको बुबापनि आफिस जानु हुन्न थियो । हजुरबा त सधैं घरमै बस्नुहुन्थ्यो । बृद्ध बृद्धा हरुलाई त झन् घरबाट बाहिर जान निषेध थियो ।
लाकडाउनको कारणले गर्दा घरमा कामगर्ने आन्टी पनि आउनु हुन्नथ्यो त्यसैले मम्मीलाई नै सबै काम गर्नुपर्थ्यो । बुआ पनि अलिक सहयोग गर्नुहुन्थ्यो तर उहांलाई घरको काम गर्ने बानी थिएन । त्यहीभएर थोरै काम गर्दा उहां गल्नु हुन्थ्यो या उहांलाई वाक्क लाग्थ्यो ।
त्यसैले मम्मीलाई नै सबै कामगर्नु पथ्र्यो । यसै पनि बुबाले काम गरेको मम्मीलाई मन पर्दैन थियो ….र यस्तै कामगर्दा गर्दै मम्मी बेलुकासम्म निढाल हुनुहुन्थ्यो ।
आकृतिको मनमा कतिचोटी घरको काममा उहांलाई म पनि सघाउं विचार आउंथ्यो तर फेरी टी.भी. र मोबाइल उनमाथि हावी हुन्थ्यो । तर अब उ टी.भी तथा मोबाइल बाट अपेक्षाकृत टाढिन लागेकी थिइन् तब उसलाई फेरी मम्मीलाई मदद गर्ने विचार आउन थाल्यो ।
…र त्यो दिन उनी किचनमा मम्मीको नजिक गएर भनिन् “मम्मी मलाई पनि केही सिकाउनु न ..”

मम्मी प्याज काट्दै थिइन् । उहांले प्याज भएको प्लेट र चक्कु उनीतिर बढाउनुभयो–‘’लु यसलाई मसिनो पारेर काट ”।
आकृतिले थोरै प्याज काटेकी थिइन कि उसको आंखाबाट आंसू बग्न थाल्यो र आंखा पोल्न थाल्यो ।
उनले ? रुँदै भनिन्–“ म सक्दिनं ”
मम्मी माया गर्दै भनिन्–“ल ल छोडी देऊ तिमी । तिमी सक्दैनौ । तिमीलाई के थाहा ? किचेनको काम यती सजिलो छैन नानी” मम्मी उसंग प्लेट मांगेर आफै काट्न थालिन् र आकृतिलाई कुनै अर्कै कामगर्न दिइन् ।
००००००
लाउकडाउन अझै बढ्दै थियो । स्कुलहरुले पनि अनलाइन पढाउन थालेको थियो । अब फेरी आकृतिको दिनचर्या शुरुभई सकेको थियो । अनलाइन क्लास खतम हुंदै उनी भान्छामा मम्मीलाई सघाउन जान्थिन ।
टी.भी. हेर्नु र मोबाइल खेल्नु उनी बिर्सी सकेकी थिइन् । छ सात महिनामा उनी भान्छामा धेरै किसिमको व्यन्जन बनाउनमा निपुण भईसकेकी थिइन् ।
एक दिन उनले स्कुलबाट असाइनमेंट पाएकी थिइन् । दराजमा पुरानो कागजहरु खोज्दै गर्दा उनले एक्कासी एउटा फाइल भेटाइन् ।
“अरे..यो कहां थियो ?”फाइल हेरेर उ आश्चर्य चकित भइन् । फाइलमा उनले कोरेको पेंटिंग्स थियो ।
“हे भगवान मलाई यो के भएको मैले त धेरै दिनदेखि पेंटिंग गरेकै छैन ”आकृतिले मनमनै सोचेकी थिइन् ।
..र फेरि उसको दिनचर्यामा पेंटिंग गर्नु पनि शामिल भएको थियो ।
अनलाइन क्लास सकिसके पछि किचनमा समय दिने गर्थिन् र त्यसपछि कुनै पेंटिंग बनाउथिन् । थोरै समयमा उनले राम्रो चित्र बनाउन थालिन् ।

तिनै दिनहरु मा उसले समाचार पत्रमा एउटा विज्ञापन पढ्यो । राज्य स्तरमा एउटा संस्थाद्वारा अनलाइन पेंटिंग प्रतियोगिताको आयोजन हुंदै थियो । आकृतिले पनि एउटा पेंटिंग बनाएर त्यस प्रतियोगितामा पठाएकी थिइन् ।
०००
कोरोना महामारी अहिले पनि सकिएको थिएन । लकडाउनको अवधि निरंतर थपिंदै गइरहेको थियो तर आकृतिलाई अनुभव हुंदै थियो कि उ अब आफ्नो समयको सदुपयोग गर्दै थिइन् । मम्मीलाई पनि अब धेरै सुविधा भइसकेको थियो । अब सबैको लागि ब्रेकफास्ट आकृति नै बनाउथिन् । लंचको समयमा नि एकाध तिउन तरकारी बनाउने जिम्मेवारी उनले लिन्थिन् ।
०००
आज आकृतिको जन्मदिन थियो । पहिले त आजको दिनमा सम्पूर्ण परिवार सहरको कुनै नाम चलेको होटलमा गएर खाना खाने गथ्र्यो तर अहिले त सबै पसलहरु, होटलहरु र रेस्टुरेन्टहरु ? बन्द थिए ।
यसै पनि हजुरबालाई बाहिरबाट खाना मंगाउने इच्छा कहिले पनि हुंदैन थियो । जब आकृतिको जन्मदिन मनाउन सबै जना बाहिर कुनै होटल अथवा रेस्टुरेन्ट जान्थे, हजुबा जानु हन्नथ्यो । उहांको लागि घरमै खाना पकाउनु पथ्र्यो ।
अब त कुनै उपाय नै थिएन त्यैसेले घरमा नै विभिन्न थरीका परिकार हरु बन्न सुरु भइसकेको थियो । भान्छाको काम आकृतिले समालेको थियो । बिहानै छिटो उठेर उनी किचेनमा आइसकेकी थिइन् । उनले शाहीपनीर, मिक्स्ड भेज र दाल संग संगै बदाम–काजू हालेर खीर पनि बनाई सकेकी थिइन् । दही–भल्लार सलाद मम्मीले तयार पारी दिनुभएको थियो ।

दिउंसोको लंचको समयमा सम्पूर्ण परिवारले चाख लिएर आकृतिद्वारा बनाइएको भोजनको आनन्द लिइरहेको थियो र मन भरेर आकृतिको प्रशंसा गरिरहेको थियो । यद्यपि हजुरबालाई शुगरको रोग थियो तर पनि उहांले सबैजना नखानु भने पनि तीन कचौरा खीर खाइसक्नु भएको थियो र मुस्कुराउंदै भन्नु भयो –“के गरु कंट्रोल हुंदैन, यति स्वादिलो खीर पाकेको छ ।”

धेरै हंसी ठट्टा हुंदै थियो । तब आकृतिको फोनको घंटी बज्यो । आकृतिले फोन उठाइन् । उताबाट कसैसंग एकछिन कुराकानी गरेर खुसीहुंदै भनिन् “ब्रावो …मैले गरें …”
“के भयो लाडली ..” सबैजना आश्चर्यचकित हुंदै सोधे ।
“मलाई अनलाइन पेंटिंग प्रतियोगितामा सेकंड प्राइज भेट्यो ”
“अरे वाह ! बधाई छ ..”हजुरबाले खीर खांदै भन्नुभयो । अलिक खीर उहांको जुंगामा पनि लागिसकेको थियो ।
“संगै तीन हजार नगद पुरस्कार पनि छ ।”आकृतिले बताइन् ।
“कमाल गर्यौ तिमीले त” मम्मी पनि खुसि हुंदै भन्नुभयो ।
केही छिन पछि उहांले सोध्नुभयो –“इ पैसाले के गर्छिन मेरी छोरीले ?”
केही बेर सोचेर आकृतिले भनिन् –“आफ्नो स्कूलमा निर्धन विद्यार्थीहरुका लागि बनेको फंडमा दान गर्नेछु ।”
“स्याबास् लाडली ! तिम्रो सोच एकदम राम्रो छ । हामीलाई तिमी माथि गर्व छ ”हजुरबाले खुशी हुंदै ताली बजाउन भयो तत्पश्चात उहांको अनुकरण गर्दै सबैले ताली बजाउन थाले ।

हिन्दीभाषा बाट अनुदित कथा -अनुवाद अंशु झा


डा. फ़क़ीर चंदशुक्ला, पन्जाब, भारत
[email protected]